भुजेल समाज कास्की: अध्यक्षमा प्रेमबहादुर भुजेल सर्वसम्मत
  • जरूवाखबर

  • पोखरा, ३१ साउन । भुजेल समाज सेवा जिल्ला समन्वय समिति कास्कीको २०औं साधारणसभा एवम् १२औ अधिबेशनले प्रेमबहादुर भुजेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

    समितिको उपाध्यक्षमा समुन्द्र भुजेल र सूरज प्रकाश भुजेल, सचिवमा रेशम जि. सी., सहसचिवमा मिलन जि. सी. र कोषाध्यक्षमा रविन्द्र भुजेल चयन भएका छन् । यसैगरी सदस्यहरुमा महेन्द्र जि. सी., दान बहादुर भुजेल, सम्झना भुजेल, कोपिला भुजेल, संगिता भुजेल र सिता भुजेल रहेका छन् ।

    समितिका केन्द्रीय अध्यक्ष खेम भुजेलको प्रमुख आतिथ्यता र गण्डकी प्रदेश सभा सदस्य राजकुमारी भुजेल, केन्द्रिय महासचिव हिलारी बन्धु भुजेल, कास्की जिल्लाका संस्थापक अध्यक्ष शम्भुबहादुर धर्ती लगायतको विशेष उपस्थितिमा सम्पन्न कार्यक्रमका वक्ताहरुले जातिय पहिचानका साथै समान सहभागितामा विशेष जोड दिएका थिए ।

    यसैबीच निर्वाचनका लागि केन्द्रीय उपाध्यक्ष माया भुजेलको अध्यक्षतामा पॅाच सदस्य निर्वाचन समिति गठन गरिएको थियो ।

  • ३१ श्रावण २०८३, आईतवार २२:२१ प्रकाशित