उद्दार सामाग्रीसहित पोखरा महानगरको टोली बाढी प्रभावित क्षेत्रमा
  • जरूवाखबर

  • पोखरा, ११ भदौ । पोखरा महानगरपालिकाले विहीबार उद्दार सामग्रीसहितको टोली बाढी प्रभावित क्षेत्रमा पठाएको छ ।

    महानगरले स्वास्थ्यकर्मी, नगर प्रहरी, एम्बुलेन्स तथा आवश्यक उपकरणसहितको टोलीलाई रसुवाको बाढीबाट प्रभावित क्षेत्रमा उद्दारको लागि पठाएको हो ।

    टोलीलाई महानगरका मेयर धनराज आचार्यले बिदाई गरेका छन । उनले विपद्को कठिन घडीमा पीडित नागरिकको उद्धार, राहत र सहयोगमा पोखरा महानगरपालिका सधै साथमा रहने बताए ।

    प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा रु. ४५ लाख सहयोग रकम जम्मा गर्ने निर्णय समेत भएको मेयर आचार्यले जानकारी दिए ।

    मेयर आचार्यका अनुसार पोखरा महानगरपालिकाका सम्पूर्ण जनप्रतिनिधि तथा कर्मचारीहरूको तर्फबाट उक्त रकम कोषमा जम्मा गरिनेछ ।

  • ११ भाद्र २०८३, बिहीबार १६:१३ प्रकाशित