स्याङ्जामा जीप दुर्घटना, एक जनाको मृत्यु
  • जरूवाखबर

  • पोखरा, ९ असोज । स्याङ्जामा बिहीबार साँझ भएको जीप दुर्घटनामा परी एकको मृत्यु भएको छ । सो घटनामा परी पुतलीबजार नगरपालिका वडा नं १० निवासी ७६ वर्षीय उत्तमसिंह गुरुङको मृत्यु भएको हो ।

    भीरकोट–३ बजादीमा विवाहको भोज खाएर बयरघारी फर्किने क्रममा भीरकोट–१ करूङ बयरघारी केगा भित्री सडकखण्डमा साँझ जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रमेशदत्त अवस्थीले जानकारी दिए।

    ग १ ज ७६१० नम्बरको जीपको स्टेरिङ लक भई घुम्तीमा मोडिन नसक्दा सडकबाट २० मिटर तल खसेको हो । दुर्घटनामा परी गम्भीर घाइते भएका गुरुङको भीरकोट नगर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको उनले बताए।

    दुर्घटनामा ११ जना घाइते भएका छन्। घाइतेहरूको नगर अस्पतालमा उपचारमा भइरहेको छ। जीप र त्यसका चालक खेमप्रसाद गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

  • ९ आश्विन २०८३, शुक्रबार ०९:०४ प्रकाशित