७२ वर्षिय वृद्धको हत्या आरोपमा युवक प्रक्राउ
  • जरूवाखबर

  • पोखरा, २२ असोज । पोखरा महानगरपालिका वडा नम्बर २४ कार्कीको तगारामा ७२ वर्षिय एक वृद्धको हत्या आरोपमा प्रहरीले एक जना युवकलाई प्रक्राउ गरेका छ ।

    स्थानीय ७२ बर्षका पूर्णभद्र त्रिपाठीलाई सोही ठाउँका ३३ बर्षीय जगत दाहालले बाउसो ९कोदालो० र सिसाको बोतलले प्रहार गरेर हत्या आरोपमा प्रहरीले पक्राउ गरेको हो । ती युवाको प्रहारबाट गम्भीर घाइते भएका त्रिपाठीको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको कास्कीका प्रहरीका सूचना अधिकारी विरेन्द्र कुमार पासवानले जानकारी दिए ।

    सोमबार चिया पसलबाट घरतर्फ जादै गरेका बृद्ध त्रिपाठीलाई शुरुमा रक्सीको बोतलले टाउकोमा प्रहर गरेको र त्यसपछि बाउसोले हानेर गम्भीर घाइते बनाएका थिए ।

    गम्भीर घाइते बनेका त्रिपाठीलाई तत्काल पोखराको सृजनाचोक स्थित मेट्रोसिटी अस्पतालमा उपचारको लागि पु¥याईएको भएपनि चिकित्सकले मृत घोषित गरेका थिए ।

    त्रिपाठीलाई घाइते बनाएर फरार रहेका ३३ बर्षीय दाहाललाई प्रहरीले खोजतलास गर्ने क्रममा सोही दिन बेलुका नै पोखरा–२४ स्थित पामे बजार नजिकको पुलबाट नियन्त्रणमा लिएको जनाएको छ ।

    प्रहरीले घटनास्थलबाट सोही घटनामा प्रयोग भएको १ थान बाउसो ९कोदालो० र १ थान सिसाको बोतल बरामद गरेको छ । पक्राउ परेका दाहाल विरुद्ध कास्की जिल्ला अदालतबाट कर्तव्य ज्यान सम्बन्धी कसूरमा ५ दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको पासवानले जानकारी दिए ।

  • २२ आश्विन २०८३, बिहीबार ०८:४४ प्रकाशित