विजयपुर खोलामा अवैध रुपमा माटो निकाल्दै गरेका १ स्काभेटर र ३ टिप्पर प्रहरी नियन्त्रणमा
  • जरूवाखबर

  • पोखरा, ८ साउन । जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरा महानगरपालिका वडा नं २६ विजयपुरमा अवैध रुपमा माटो निकाली रहेका एक स्काभेटर र ३ वटा टिप्पर नियन्त्रणमा लिएको छ ।

    गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले उक्त स्थानमा माटो लोड गर्दै गरेको अवस्थामा स्काभेटर र टिप्पर नियन्त्रणमा लिईएको हो ।

    ग १ क ३७८८ नम्बरको स्काभेटर, ग १ ख ७७६६, बा १ क ८१७७ र लु १ ख २९२० नम्बरको तीनवटा टिप्पर नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ ।

    नियन्त्रणमा लिइएका स्कभेटर र टिप्परलाई आवश्यक कारवाहीका लागि पोखरा महानगरपालिका पठाईएकोमा सो कार्यालयबाट ७५ हजार रुपैयाँ जरिवाना गरी छाडिएको प्रहरी नायव उपरिक्षक एवम् सूचना अधिकारी विरेन्द्रकुमार पासवानले जानकारी दिए ।

  • ८ श्रावण २०८३, शुक्रबार १५:५२ प्रकाशित